सुस्त गतिमा चल्दै कर्णाली प्रदेशसभा, आज बैठक बस्दै

सुस्त गतिमा चल्दै कर्णाली प्रदेशसभा, आज बैठक बस्दै

सुर्खेत। कर्णाली प्रदेशसभा सुस्त गतिमा चल्दै आएको छ । कर्णाली प्रदेशसभामा बिजनेस नहुँदा कर्णाली प्रदेशसभा सुस्त गतिमा अघि बढेको हो।

कर्णाली प्रदेश सभाको माघ ६ गते स्थगित भएको छैटौं बैठक आजबाट बस्ने भएको छ । दुुई महिनापछि कर्णाली प्रदेश सभाको बैठक लागेको छ ।

कर्णाली प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेश सभालाई कुनै पनि बिजनेश दिन असमर्थ छ । जसका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।

माओवादीबाहेक अरु दलले संसदीय दलका नेता नै चुन्न सकेनन्

कर्णाली प्रदेशसभामा संसदीय गतिविधि सञ्चालन गर्नका लागि संसदीय दलको नेता चुने पनि अन्य माओवादीबाहेक अन्यले संसदीय दलको प्रमुख सचेतक र अन्य सचेतकसमेत तोक्न सकेका छैनन् ।

कर्णाली प्रदेशसभाका सांसदहरूले पुस ११ गते शपथ लिएको भए पनि अहिलेसम्म संसदीय दलका प्रमुख सचेतक र सचेतक तोक्न सकेका छैनन् ।

माओवादीबाहेक अन्य दलका प्रमुख सचेतक र सचेतक तोकिएको जानकारी प्रदेशसभामा नआएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।

कार्यव्यवस्था परामर्श समिति गठन भएन

कर्णाली प्रदेशसभा सञ्चालन गर्नका लागि सभामुखको नेतृत्वमा दलका नेताहरू रहेको प्रदेशसभा सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समिति गठन गर्नुपर्नेमा अहिलेसम्म त्यो पनि गठन नभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समिति गठन नहुँदा प्रदेशसभा सञ्चालनमा समेत असर परेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

एजेन्डाविहीन बैठक बस्दै

आज बस्ने संसद् एजेन्डाबिना नै बैठक आह्वान गरिएको छ । कुन विषयमा छलफल गर्ने भन्ने विषय अहिलेसम्म टुङ्गो लागेको छैन् ।

आज दिउँसो १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय संसद् सचिवालयले जनाएको छ ।

प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो । यस्तै, माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट ट विश्वासको मत लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved