लाओसमाथि नेपालको जित, फाइनल पुग्ने सम्भावना बलियो

नेपालभ्युज

लाओसमाथि नेपालको जित, फाइनल पुग्ने सम्भावना बलियो

काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओसमाथि जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराउँदै जित हासिल गरेको हो ।

नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरे ।

खेलको पहिलो हाफमा नवीन लामाको कर्नरमा हेडमार्फत अनन्तले खेलको ३० औं मिनेटमा गोल गरे भने नवयुगले खेलको ५६ औं मिनेटमा अर्को गोल गरे ।

आजको यो जितसँगै नेपालकाे फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेलेको हो ।

नेपालले अब मंगलबार भुटानको सामना गर्नेछ । शनिबार लाओस र भुटान भिड्नेछन् ।

यस खेलबाट एपीएफका सनिस श्रेष्ठ र मणी लामा, सातदोबाटोका दीपकराज सिंह ठकुरी र मनाङ मर्स्याङ्दीका सुमित श्रेष्ठले नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved