यसरी टल्काउनुस् भाँडा राख्ने स्ट्यान्ड

नेपालभ्युज

यसरी  टल्काउनुस्  भाँडा राख्ने स्ट्यान्ड

एजेन्सी । भाँडाहरु राख्नका लागि प्रायः घरहरुमा विभिन्न खालका स्ट्यान्ड राखिएको हुन्छ । यसमा भाँडाहरु मिलाएर राख्दा भाँडा फैलिएको देखिँदैन । त्यसैले  एउटा स्ट्यान्ड त अनिवार्य नै हुन्छ । तर धेरैजसो भिजेका भाँडाहरु राख्दा राख्दा यसमा दागहरु लाग्ने फोहोर हुने हुन्छ । जसलाई तपाईंले भाँडाहरु धोएजसरी धुँदा सफा नहुन पनि सक्छ । त्यसैले हामीले सजिलै यसलाई चम्काउने उपायहरु लिएर आएका छौंं ।

बेकिंग सोडा

बेकिंग सोडा र पानीको मिश्रण तयार गर्नुहोस् र भाँडा राख्ने स्ट्यान्डमा लगाएर छोड्नुहोस् । केहीबेर पछि त्यसलाई घोटेर सफा गर्नुहोस् । यसरी स्ट्यान्डको चिल्लोपन तथा दागहरु जान्छन् ।

स्यान्ड पेपर

तपाईं भाँडा राख्ने र्‍याकबाट  दागहरु हटाउनका लागि स्यान्ड पेपरले घोट्न सक्नुहुन्छ । यसले घोट्दा  र्‍याकमा लागेका दागहरु सजिलै जान्छन् ।

भेनेगर

एउटा स्प्रे बोतलमा सेतो भेनेगर भरेर र्‍याकमा लागेको दागहरुमा छर्किनुहोस् । केहीबेर पछि यसलाई पानीले सफा गर्नुहोस् ।

नुन र कागती

र्‍याकमा लागेको दागमा नुन लगाउनुहोस् । त्यसमाथि कागतीको रस लगाउनुहोस् । यसरी सफा गर्दा र्‍याकको दाग सजिलै जान्छ ।

अमोनिया

पानी र अमोनियालाई एउटा स्पे्र बोतलमा राखेर मिक्स गर्नुहोस् । उक्त मिक्सचरलाई र्याकमा स्पे्र गर्दै सफा गर्नुहोस् । यसरी पनि दागहरु हट्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved