सरकारलाई एमालेको प्रश्न-अन्तर्राष्ट्रिय बजारमा मलको भाउ घट्दा नेपालमा किन बढाइयो ? (भिडिओ)

आइतबार पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले किसानहरूको संरक्षण र प्रोत्साहनका लागि तत्काल फिर्ता लिन माग गरे। उनले किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए।

नेपालभ्युज

सरकारलाई एमालेको प्रश्न-अन्तर्राष्ट्रिय बजारमा मलको भाउ घट्दा नेपालमा किन बढाइयो ? (भिडिओ)

काठमाडौं। नेकपा (एमाले) ले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। आइतबार पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले किसानहरूको संरक्षण र प्रोत्साहनका लागि तत्काल फिर्ता लिन माग गरे।

उनले किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए।

आइतबार पार्टीको कृषि तथा पशुपन्छी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै पोखरेलले भने ‘‘अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेला अहिलेको सरकारले जसरी मूल्यवृद्धि गर्ने काम गरेको छ। यो अत्यन्तै अनुचित छ। यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आइलाग्यो ? कृषि क्षेत्रबाट विस्थापित गर्ने योजनाअन्तर्गत रासायनिक मलको अस्वाभाविक मूल्यवृद्धि गर्ने खालको काम गर्‍यो । त्यो सर्वथा अनुचित छ।’’

एमाले नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि पोखरेलले दबाब दिए।

एमाले सरकारको नेतृत्वमा रहेको कृषि मन्त्रालयले विदेशबाट आयात हुने कृषिजन्य पैदावारहरूमा विषादी परीक्षण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकोमा त्यो प्रस्तावसमेत रोकिएको पोखरेलको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved