उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले गरे मतदान

नेपालभ्युज

उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले गरे मतदान

काठमाडौ‌ं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् भवन पुगेर उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन्। मध्याह्न १२ बजे संसद भवन पुगेर उनले मतदान गरेका हुन्। यसअघि, उपराष्ट्रपतिका उम्मेदवारहरूले पनि मतदान गरिसकेका छन्।

यसैगरी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मतदान गरेका छन्।

निर्वाचन आयोगका अनुसार दिउँसो १२ः३० सम्म प्रदेश सांसद ३९२ जना र संघीय सांसद २१८ जनाले मतदान गरिसकेका छन्।

मतदान सकिए लगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक हुने आयोगको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved