थ्री नेसन्स कप फुटबल चैत ८ गतेदेखि

नेपालभ्युज

थ्री नेसन्स कप फुटबल चैत ८ गतेदेखि

काठमाडौं ।  नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । जस अन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । फाइनल खेल चैत १७ गते हुनेछ । यसअघि घरेलु टोली नेपालले लाओससँग चैत ८ गते खेलेर प्रतियोगिताको उद्घाटन हुनेछ । यस्तै चैत ११ गते भुटान र लाओस भिड्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ ।

नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आरम्भ गर्नेछ । प्रतियोगितामा एन्फाले साधारण र भिआईपि प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।

यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कीर्गिस्तानको यु–२३ टोली सहित नेपालले बंगलादेशसँग त्रिदेशीय प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगितामा
नेपालले फाइनलमा बंगलादेशलाई हराउँदै च्याम्पियन बनेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved