पठान फिल्मले कमायो १० अर्ब ३८ करोड भारु

नेपालभ्युज

पठान फिल्मले कमायो १० अर्ब ३८ करोड भारु

एजेन्सी। शाहरुख खानको फिल्म पठानले बलिउडमा तहल्का मच्चाएको छ । पठानले कुनै पनि भारतीय फिल्मले गरेको कमाइको रेकर्ड तोडेको छ ।

दंगल, केजीएफ टू र बाहुबलीले कमाएका सबै रेकर्डबाट पठान माथि उठेको छ ।  यो फिल्मले प्रदर्शन सुरु गरेको छैठौँ हप्तामा आइसक्दा समेत अझै पनि हलमा राम्रै दर्शक पाइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पठान फिल्मले अहिलेसम्म विश्वभरबाट १० अर्ब  ३८ करोड भारु आम्दानी गरेको छ ।  भारतमा फिल्मको कुल कमाई हिन्दीमा मात्रै ५ अर्ब १७ करोड पुगेको छ । सबै भाषालाई मिलाएर फिल्मले भारतमा ५ अर्ब ३५ करोड भारु कमाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved