अजरबैजान–आर्मेनिया सीमामा झडप : तीन जनाको मृत्यु

नेपालभ्युज

अजरबैजान–आर्मेनिया सीमामा झडप : तीन जनाको मृत्यु

येरेभान । काकेशसको विवादित नागोर्नो-काराबाख क्षेत्रमा आर्मेनिया र अजरबैजानको सीमानामा आइतबार भएको गोली हानाहानमा कम्तीमा तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अजरबैजानको अर्मेनियाली जनसङ्ख्या भएको एन्क्लेभ काराबाखको नियन्त्रणका लागि जारी युद्धमा हजारौंको ज्यान गएको छ ।

‘अजरबैजानी सशस्त्र बलको एक समूहले प्रहरीको राहदानी र भिसा विभागको कारमा गोली चलाएको छ जसमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ,’ आर्मेनिया समर्थक पृथकतावादी अधिकारीहरूले दाबी गरेका छन् । यद्यपि अजरबैजानको रक्षा मन्त्रालयले यसलाई अस्वीकार गर्दै दुबै पक्षबाट गोली हानाहानका कारण सो घटना घटेको बताएको छ ।

उता आर्मेनियाको विदेश मन्त्रालयले अजरबैजानको दाबीलाई तथ्यहीन भनेको छ । छिमेकी देश बीच सन् २०२० को युद्धपछि युद्धविराम भएको छ तर त्यो त्यति प्रभावकारी भने देखिएको छैन ।

काराबाखको भाग जुन अझै पनि आर्मेनियाली पृथकतावादी नियन्त्रणमा रहेको छ र रुसी शान्ति सेनाले सुरक्षा गरेको छ। आइतबारको झडपपछि आर्मेनियाले लाचिन कोरिडोर र नागोर्नो-काराबाखमा अन्तरराष्ट्रिय अन्वेषकको टोली पठाउन आग्रह गरेको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved