लघुवित्त र मिटरब्याजी विरुद्धको आन्दोलनमा विप्लवको समर्थन

नेपालभ्युज

लघुवित्त र मिटरब्याजी विरुद्धको आन्दोलनमा विप्लवको समर्थन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लघुवित्त र मिटरव्याजीको विरुद्ध हुने आन्दोलनमा पार्टीले साथ दिने बताएका छन्।

सो पार्टीले लघुवित्त र मिटरब्याजीको मनपरिविरुद्ध संघर्षरत नागरिकमाथि राज्यले दमनको नीति लिएको भन्दै सरकारी कदमको विरोधसमेत गरेको छ।

महासचिव चन्दले आइतबार विज्ञप्ति जारी गर्दै देशमा लघुवित्त, मिटर ब्याज र चर्को बैंक ब्याजले लाखौं जनताको जीवन प्रताडित बनेको पनि उल्लेख गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूको आतंक र दमन झेल्न नसकेर सयौँ नागरिकहरूले ज्यान गुमाइसकेको र हजारौं नागरिक सडकमा पुगेर छटपटाइरहेको विज्ञप्तिमा उल्लेख छ।

‘कुनै उपाय नभएपछि केही समयदेखि ऋणपीडित नागरिकहरू सङ्घर्षमा उत्रिएका छन्’ विज्ञप्तिमा भनिएको छ–‘उनीहरूले आफ्नो जीवन रक्षाको आवाज उठाइरहेका छन् ।

विडम्बना लोकतान्त्रिक भनिने संसदीय व्यवस्थाले जनताको आवाज सुन्नु र उनीहरूको रक्षामा न्यायिक कदम चाल्नुको सट्टा प्रशासन र प्रहरीलाई लघुवित्त एव चक्र ब्याजीको रक्षामा जनतालाई दमन गर्न परिचालन हुन निर्देशन गर्नु जनविरोधी एवं असैह्य कार्य हो।’

सरकार यस्तो निर्णयबाट पछि फर्किन र जनताको माग पुरा गर्न पनि विप्लवको माग छ । जनताको जायज आवाजलाई सहयोग र समर्थन गरेका कारण देशभरि आफ्ना पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउन थालिएको भन्दै सो पार्टीले आपत्ति जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved