उद्योग वाणिज्य महासंघको महाधिवेशनमा उम्मेदवार बन्दै अशोक शर्मा

नेपालभ्युज

उद्योग वाणिज्य महासंघको महाधिवेशनमा उम्मेदवार बन्दै अशोक शर्मा

काठमाडौं । चलचित्र निर्माता संघले अशोक शर्मालाई उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा उम्मेदवार बनाउने भएको छ  ।

संघको सोमबार बसेको कार्यसमिति बैठकले शर्मालाई महासंघको महाधिवेशनमा प्रतिनिधि बनाएर पठाउने निर्णय गरेको हो ।

संस्थाका पूर्वमहासचिव समेत रहेका निर्माता  शर्मालाई स्वदेशी चलचित्रको प्रवर्द्धनमा  योगदान पुर्‍याउने अपेक्षासहित महासंघमा प्रतिनिधिको रुपमा पठाउने निर्णय भएको अध्यक्ष नवल खड्काले जानकारी दिए ।

शर्मा वितरण कम्पनी डिजिटल सिनेमा नेपालका प्रबन्ध निर्देशक समेत हुन् । उनी यसअघि पनि महासंघको कार्यकारी समिति सदस्य रहिसकेका छन् । शर्माले महासंघमा आफूले नेपाली चलचित्रको प्रवर्द्धनमा भूमिका खेल्ने बताए ।

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्न आगामी चैत २९ गते चुनाव हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved