माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक जारी

नेपालभ्युज

माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक जारी

काठमाडौं । राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न बसेको  नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक जारी छ  ।

बैठकमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित  नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेतको सहभागिता रहेको छ भने  जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

यस्तै  एकीकृत समाजवादीका तर्फबाट  अध्यक्ष माधवकुमार नेपालसहित  प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वालाको  सहभागीता रहेको छ ।

अहिलेसम्मका छलफल सकारात्मक भएकाले ठोस सहमतिमा पुग्नका लागि बैठक बसेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए । उनका अनुसार तीन दलबीच एउटा साझा सहमति बनाएर मात्रै कांग्रेससहित चार दलको बैठक बस्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved