फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्रै फाइभजी लागू गर्नु राम्रो : मन्त्री शर्मा

नेपालभ्युज

फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्रै फाइभजी लागू गर्नु राम्रो : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभजी लागू गर्न राम्रो हुने बताएकी छन्।

बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभजी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।

उनले मुलुकमा फाइभजी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको अवस्था रहेको बताइन्। फोर जी सेवा बिस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामासमेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ।

मन्त्री शर्माले फोर जी सेवा लागू गर्दा लागेको लागतअनुसार प्रतिफल भए/नभएको विषयमा अध्ययन गर्नुपर्ने बताइन्। उनले विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न नसक्दा लाभभन्दा नोक्सानी  बढ्न सक्नेतर्फ सचेत हुन आवश्यक रहेको बताइन्।

मन्त्री शर्माले नेपाल भौगोलिकरूपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गरिन्। उनले देशका धेरै भू–भागहरू इन्टरनेटको न्यूनतम सेवासमेत नपुगेको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved