पिचले साथ दिँदा लगातार जित निकाल्न सकेका हौंः ज्ञानेन्द्र मल्ल

नेपालभ्युज

पिचले साथ दिँदा लगातार जित निकाल्न सकेका हौंः ज्ञानेन्द्र मल्ल

काठमाडौं । नामिबियाबिरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएपछि नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको बताएका छन् ।

शनिवार नामिबियाबिरुद्ध ज्ञानेन्द्र र आसिफले कीर्तिमानी साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याएको खेलमा पूर्व कप्तान ज्ञानेन्द्रले पिचले साथ दिएको प्रतिक्रिया दिएका हुन् । यस्तै उनले नयाँ प्रशिक्षको प्रशिक्षणमा पनि टोलीमा राम्रो प्रदर्शन भएको बताए ।

ज्ञानेन्द्रले पहिलेभन्दा अहिलेको विकेट धेरै राम्रो भएको विगतभन्दा अहिले खेलाडीहरूमा परिपक्वता बढेको बताए । उनले पहिलो खेलबाट प्राप्त नतिजाले लगातारका खेलमा सुखद् नतिजा निकाल्न सहयोग मिलेको तर्क गरे ।

लगातारको जितले आत्मविश्वास बढेको र ड्रेसिङ रुममा प्रशिक्षकले मिलाएको सहजताका कारण पनि ब्याटिङमा सुधार भएको ज्ञानेन्द्रले बताए ।

यस्तै आसिफ शेखले टिमभित्रको वातावरण राम्रो भएको र खेलाडीहरु अहिले ठूलो टार्गेट पूरा गर्न सकिरहेको बताए । अघिल्लो दुई खेलमा आफ्नो ब्याट चल्न नसकेको दुखी देखिएका आसिफले शनिवारको खेलमा रन बनाउन सक्दा खुशी लागेको प्रतिक्रिया दिए । नेपालले लागातार जित निकाल्दा प्रशिक्षक मोन्टी देशाईको भूमिका निकै राम्रो भएको बताए ।

ओपनर आसिफ सेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारीमा नेपालले शनिवार नामिबियामाथि तीन विकेट जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा पहिलो पटक लगातार तेस्रो जित निकालेको छ । यसले नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना कायमै रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved