पशुपतिनाथमा १ बजेसम्म झन्डै ६ लाख जनाले गरे दर्शन

नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आएका भारतीय सेनाका चार पूर्व प्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ।

नेपालभ्युज

पशुपतिनाथमा १ बजेसम्म झन्डै ६ लाख जनाले गरे दर्शन
फाइल फोटो

काठमाडौं। महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दिउँसो १ बजेसम्म करिब ६ लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला छ।

ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको छ। अहिले पनि चारै ढोकामा लामो लाइन रहेको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए।

उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ। पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ।

नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आएका भारतीय सेनाका चार पूर्व प्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले बताए।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्त छन्। नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ। साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ। महाशिवरात्रिका लागि पशुपति क्षेत्र सिँगारिएको छ।

दर्शनार्थीलाई व्यवस्थित रूपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved