आईएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’मा सहभागी

नेपालभ्युज

आईएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’मा सहभागी

काठमाडौं। आईएमई पे अब नेपाल क्लियरिङ हाउसमार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा सहभागी हुने भएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सो सम्बन्धि सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफर्ममा राखेर पैसा ट्रान्सफर गर्न सहज पार्दछ ।

‘आईएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आईमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आईएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

यस्तो अनुमति पाउने आईएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved