आईएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता : आयो प्रणय दिवसको ‘फिल द एअर अफर’

नेपालभ्युज

आईएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता :  आयो प्रणय दिवसको ‘फिल द एअर अफर’

काठमाडौं। आईएमई पे र चन्द्रागिरि हिल्सबीच ‘फिल द एयर’ नामक अफर सार्वजनिक गरिएको छ । अफरअनुसार आईएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आईएमई पे एपमार्फत काट्नुभए चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुट प्राप्त गर्न सक्नेछन् ।

सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोग कर्ताहरुले जिप लाइनिङमा १५% छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५०% छुट प्राप्त गर्न सक्नेछन् । हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ।  सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ ।

साथै, यी दुई कम्पनीवीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्म आईएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन् ।

सो अफरको विजेताहरुको घोषणा एवम्सम्पूर्ण जानकारी आईएमई पेको सामाजिक सन्जालमा प्राप्त गर्न सकिने छ ।

आईएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved