भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

भ्रमणका बेला दुई पक्षीय विविध विषयमा छलफल हुनेछ ।  कनेक्टिभिटी,  उर्जा व्यापार, कृषि, स्वास्थ्य लगायतका विषय मूख्य प्राथमिकतामा रहेका मन्त्रालयले जनाएको छ ।

नेपालभ्युज

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्रा आज नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको निमन्त्रणामा उनी विहान साढे १० बजे काठमाडौं आइपुग्ने मन्त्रालयले जनाएको छ ।

क्वात्रा यसअघि नेपालका लागि भारतीय राजदूत समेत थिए । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएपछि भारतबाट हुन लागेको यो नै उच्चस्तरीय भ्रमण हो ।

भ्रमणका बेला दुई पक्षीय विविध विषयमा छलफल हुनेछ ।  कनेक्टिभिटी,  उर्जा व्यापार, कृषि, स्वास्थ्य लगायतका विषय मूख्य प्राथमिकतामा रहेका मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विलादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री बिमला पौड्याल राई, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतलाई भेट गर्नेछन्।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

२ दिने भ्रमण सकेर विदेश सचिव क्ववत्रा मंगलवार स्वदेश फर्कने कार्यक्रम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved