सुदुरपश्चिम सरकार गुमेपछि सत्ता गठबन्धनले लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्दै

नेपालभ्युज

सुदुरपश्चिम सरकार गुमेपछि सत्ता गठबन्धनले लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्दै

काठमाडौं। सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई चित्त बुझाउन नसक्दा सुदुरपश्चिम सरकार गुमाएको सत्ता गठबन्धनले लुम्बिनीमा हतारमै मन्त्रीपरिषद् विस्तार गर्न लागेको छ।

लुम्बिनीमा पनि नाउपाले निहुँ खोज्दा सरकार संकटमा पर्नसक्छ। त्यसैलाई ध्यानमा राखेर लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले हतारमा मन्त्रिपरिषद् विस्तार गरी सरकार जोगाउन खोजेको देखिन्छ।

यद्यपि लुम्बिनी सरकारले विश्वासको मत भने पाईसकेको छ।

सत्ता गठबन्धनको कमजोरीको फाईदा उठाउँदै सुदुरपश्चिम सरकारको नेतृत्व हात पारेको नेपाली काँग्रेसले लुम्बिनीमा समेत आँखा लगाउने अड्कलबाजी भएसँगै मुख्यमन्त्री गिरीले आज भोलिमै नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन्।

पुस २७ गते सरकार गठन भएपनि मुख्यमन्त्री गिरीको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। माओवादी केन्द्र,राप्रपा,नागरिक उन्मुक्ति,जनमत पार्टी र स्वतन्त्र साँसदसँग मन्त्रालय भागबन्डामा सहमति जुटाउन नसक्दा उनको मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।

मुख्यमन्त्री गिरीले माघ ५ गते ५९ सांसदको समर्थनमा विश्वासको मत लिएका थिए। मुख्यमन्त्री नियुक्त हुँदा गिरीले एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीलाई बिनाविभागीय मन्त्री बनाएका थिए। उनीहरु अहिलेसम्म विनाविभागीय नै छन्।

स्रोतका अनुसार माओवादीले ३ मन्त्रालय र जसपा, राप्रपा र जनमत पार्टीले एक÷एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन सहमत भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागको हो। माओवादीले अर्थ, भौतिक पुर्वाधार र आन्तरिक मामिला मन्त्रालय लिने बुझिएको छ।

मुख्यमन्त्री कार्यालयका अनुसार सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबन्डामा सहमति जुटेकाले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ। लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्री बनाउने निर्णय यसअघि नै भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved