प्रेमप्रसादको आत्मदाहमा विप्लवले भिडियो सन्देशमार्फत दिए श्रद्धाञ्जली

नेपालभ्युज

प्रेमप्रसादको आत्मदाहमा विप्लवले भिडियो सन्देशमार्फत दिए श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मंगलबार संसद भवन अगाडि पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

महासचिव विप्लवले बुधबार सामाजिक संजालका एक भिडियो सन्देश शेयर गर्दै  यो घटनाले सिंगो देश स्तब्ध भएको बताएका छन् ।

उनले नेपाली युवाहरूले यस्तो परिघटना भोग्नु परेको उल्लेख गर्दै यस घटनाको पछाडि नेपाली अर्थतन्त्र जिम्मेवार रहेको बताएका छन् ।

उनले पार्टीको तर्फबाट आचार्यको परिवारप्रति समवेदना व्यक्त गर्दै २५ हजार रुपैयाँ राहतस्वरुप  प्रदान गर्ने घोषणा गरेका छन् ।

आचार्यको बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यस्तो छ विप्लवको भिडियो सन्देश 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved