भारतमा एक मन्दिरको सम्पत्ति : १७ सय करोड भारु बैंकमा, २ सय ६३ किलो सुन

नेपालभ्युज

भारतमा एक मन्दिरको सम्पत्ति : १७ सय करोड भारु बैंकमा, २ सय ६३ किलो सुन

नयाँ दिल्ली। केरला जिल्लाको प्रसिद्ध गुरुवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७ सय करोडभन्दा बढी रुपैयाँ र २६३ किलो सुन रहेको बताएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार मन्दिर प्रशासनले  सूचनाको हक अर्थात् आरटीआईको जवाफमा यो जानकारी दिएको हो।

मन्दिरमा मूल्यवान ढुङ्गा, सिक्का र करिब २० हजार सुनका लकेट रहेको र यो जोड्दा २ सय ६३ किलो सुन रहेको मन्दिरका अधिकारीले बताएका छन् ।

यसअघि मन्दिर व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै मन्दिरको सम्पत्ति विवरण दिन अस्वीकार गरेको थियो ।

द हिन्दू वेबसाइटका अनुसार अपीलपछि आरटीआईको जवाफ आएको थियो, जसमा मन्दिरमा ६ हजार ६ सय ५ किलो चाँदी, १९ हजार ९८१ सुनको लकेट र ५ हजार ३५९ चाँदीका लकेटहरू रहेको बताइएको थियो।

यस मन्दिरको प्रमुख देवता भगवान गुरुवायुरप्पन हुन्, जसलाई बालगोपालन (भगवान कृष्णको बाल स्वरूप) भनेर पूजा गरिन्छ।यस मन्दिरमा भगवानलाई आफ्नो तौल बराबरको वस्तु चढाउने चलन छ।

मन्दिरको भित्तामा श्रीकृष्णको बालस्वरूपको चित्र कोरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved