मैत्रिपूर्ण फुटबल

मेस्सी र रोनाल्डो आमने-सामने हुँदै, ३७ औँ भिडन्तमा कसले मार्ला बाजी

पीएसजीले साउदी अरेबियाको उत्कृष्ट क्लब अलनासर र अलहिलालका खेलाडी सम्मिलित साउदी अलस्टार ११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ। साउदी अलस्टार ११ को कप्तान रोनाल्डो छन्। अलनासरमा आबद्ध भएपछि रोनाल्डोको यो पहिलो खेल हो। 

नेपालभ्युज

मेस्सी र रोनाल्डो आमने-सामने हुँदै, ३७ औँ भिडन्तमा कसले मार्ला बाजी

काठमाडौं । दुई स्टार खेलाडी लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकपटक फेरि मैदानमा आमने-सामने हुँदैछन्।

पेरिस सेन्ट जर्मेन पीएसजी अहिले कतार र साउदी अरेबियाको ‘वीन्टर टुर’ मा छ। जसअन्तर्गत पीएसजीले साउदी अरेबियाको उत्कृष्ट क्लब अलनासर र अलहिलालका खेलाडी सम्मिलित साउदी अलस्टार ११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ।

यो खेल रियादस्थित किङ्ग फाहद रंगशालामा नेपाली समयअनुसार बिहीबार राति पौने ११ बजे सुरु हुने छ । साउदी अलस्टार ११ को कप्तान रोनाल्डो छन्। अलनासरमा आबद्ध भएपछि रोनाल्डोको यो पहिलो खेल पनि हो।

विगतमा रोनाल्डो र मेस्सी ३६ पटक आमने-सामने भइसकेका छन्। रोनाल्डोले मेस्सीविरुद्ध ३ वटा क्लबबाट प्रतिस्पर्धा गरेका छन्। मेस्सी भने ति खेलका दौरान बार्सिलोनामै नै थिए। मेस्सी पीएसजी पुगेपछि रोनाल्डोसँग पहिलो पटक खेल्न लागेका हुन् ।

सन् २००८, २३ अप्रिलमा मेस्सी र रोनाल्डो पहिलोपटक आमने सामने भएका थिए। म्यान्चेस्टर युनाइटेडका रोनाल्डो २३ वर्षका थिए भने बार्सिलोनाका मेस्सी २० वर्षका । च्याम्पियन्स लिगको सेमिफाइनलमा भएको सो भिड्न्त गोलरहित बराबरीमा सकिएको थियो। सन् २०२० मा च्याम्पियन्स लिगको समुह चरणमा रोनाल्डो र मेस्सीले अन्तिम पटक प्रतिस्पर्धा गरेका थिए । रोनाल्डोको युभेन्टसले बार्सिलोनालाई ३–० ले पराजित गरेको थियो।

यी दुई सम्मिलित क्लबबीच भएको ३६ प्रतिस्पर्धामा मेस्सीले २२ र रोनाल्डोले २१ गोल गरेका छन्। रोनाल्डो र मेस्सी आमने-सामने भएका केही रोचक खेलबारे जानौं ।

१. सन् २००९, च्याम्पियन्स लिग फाइनल

रोममा भएको सन् २००९ को च्याम्पियन्स लिगको फाइनलमा म्यान्चेस्टर युनाइटेड र बार्सिलोना भिडेका थिए । खेलमा बार्सिलोनाले युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको थियो। सो खेलमा मेस्सीले उत्कृष्ट दोस्रो हेडर गोल गरेका थिए। यस खेलपश्चात् रोनाल्डो रियल मड्रिड गएका थिए।

२. सन् २०१०, क्याम्प नोउ

सन् २०१० मा बार्सिलोनाको गृह मैदान क्याम्प नोउमा रियल मड्रिडविरुद्ध घरेलु टोलीले ५–० को शानदार जित हात पारेको थियो। यो रिय मड्रिड र त्यसका प्रशिक्षक जोस मोरिन्होको लागि ऐतिहासिक लज्जास्पद पराजय बन्यो। मेस्सीले यो खेलमा गोल नगरे पनि  २ असिस्ट गरेका थिए।

३. सन् २०११, कोपा डेल रे

सन् २०११ अप्रिल २० मा भएको यो खेलमा रियल मड्रिडले बार्सिलोनालाई १–० ले पराजित गरेको थियो। रोनाल्डोले १०३औँ मिनेटमा गोल गर्दै कोपा डेल रेको उपाधि जिताएका थिए । यस जितलाई रोनाल्डोले बदलाको रूपमा पनि कतिपयले ब्याख्या गरेका थिए ।

४. सन् २०११, ला लिगा

२०११–१२ सिजनको ला लिगमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको थियो। रियलले सो खेलमा १०९औँ गोल गर्दै स्पेनिस लिगमा कीर्तिमान बनाएको थियो । त्यस खेलमा रोनाल्डोले गरेको सेलिब्रेसन पनि निकै चर्चित भएको  थियो।

५. २०१३, क्याम्प नोउ

सन् २०१३, फ्रेब्रुअरी २६ मा रियल मड्रिडले बार्सिलोनालाई घरेलु मैदानमा नै ३–१ ले पराजित गर्‍यो । रोनाल्डोले सो खेलमा २ गोल गरेका थिए। रोनाल्डोले १३औँ मिनेटमा पेनाल्टीमा पहिलो र ५७औँ मिनेटमा एन्जल डी मारियाको पासमा दोस्रो गोल गरे ।

६.मेस्सीको जर्सी सेलिब्रेसन

सन् २०१७ अफ्रिल २३ मा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले पराजित गरेको थियो। मेस्सीले इन्ज्युरी समयमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए। पहिलो हाफमा मेस्सीले गोल गरिसकेका थिए। यससँगै दोस्रो गोलमा शान्त तरिकाले उनले आफ्नो जर्सी निकाल्दै दर्शकलाई आफ्नो नाम सम्झाएका थिए।

९ वर्षको अविधिमा मेस्सी बार्सिलोनामा र रोनाल्डो मड्रिडमा हुँदा भएको ‘एल क्लासिको’ भिडन्त कहिल्यै पनि गोलरहित बराबरीमा सकिएन। बिहीबार हुने रोनाल्डो र मेस्सीबीचको ३७औँ भिडन्तमा कसले बाजी मार्ला ? खेलप्रेमीले प्रतिक्षा गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved