कर्णाली प्रदेशको उप-सभामुखमा माओवादीकी न्यौपाने निर्वाचित

कर्णाली प्रदेशको उप-सभामुखमा माओवादीकी न्यौपाने निर्वाचित

सुर्खेत। कर्णाली प्रदेश सभाका उप-सभामुखमा यशोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार बसेको प्रदेशसभा बैठकले उप-सभामुखमा न्यौपानेलाई बहुमतसहित निर्वाचित गरेको सभामुख नन्दा गुरुङले घोषणा गरिन् ।

प्रदेशसभाका ४० सांसदमध्ये प्रदेशसभाको बैठकमा ३८ सांसद उपस्थित रहेका थिए । ति मध्ये न्यौपानेको पक्षमा २४ मत र इन्द्राकुमारी शाहीको पक्षमा १४ मत परेको थियो ।

न्यौपानेलाई सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाले मत दिएको थियो । सभामुख गुरुङ मतदानमा सहभागी भइनन् ।

यसअघि, आइतबार प्रदेशभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो । कर्णाली प्रदेशसभाको सभामुखमा एमाले र उप-सभामुखमा माओवादी केन्द्रले लिने गरी भागवण्डा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved