जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

नेपालभ्युज

जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को एक मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् ।

सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानीमन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि, सो पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको थियो ।

थप एउटा मन्त्रालय पाएमा खानेपानीसहित दुईटा मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने प्रस्ताव मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालयको सट्टा वन मन्त्रालय दिन चाहेका थिए । तर, उक्त पार्टीले दुई मन्त्रालय मागेको छ ।

सोही प्रस्ताव लिएर जनमत पार्टीका उपाध्यक्ष एवं मन्त्री खान बालुवाटार पुगेका छन् । मन्त्रालयको भागबन्डा मिलेमा सरकारमा सहभागी हुने नभए समर्थन फिर्ता लिने चेतावनी जनमत पार्टीले दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved