फरक क्षमता भएका रावललाई घरमै नागरिकता

फरक क्षमता भएका रावललाई घरमै नागरिकता

सुर्खेत। फरक क्षमता भएका अछाम पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका २६ वर्षीया प्रेमबहादुर रावलले घरमा नै नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । इलाका प्रशासन कार्यालय विनायक र वडा कार्यालयको समन्वयमा रावलले घरमा नै नागरिकता प्रदान गरिएको हो ।

जन्मजात नै फरक क्षमता भएका रावल हिँड्डुल गर्न नसक्ने भएका कारणले उनलाई वडा नम्बर ६ को कार्यालय समन्वयमा इलाका प्रशासन कार्यालय विनायकले घरमा नै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

फरक क्षमता भएका रावलले हालसम्म नेपाली नागरिकताको प्रमाण–पत्र नपाएको वडा कार्यालयको समन्वयमा घरमा नै पुगेर नेपाली नागरिकता प्रदान गरिएको वडा अध्यक्ष कमल रावलले बताए । ‘उहाँ जन्मजात नै फरक क्षमता भएको व्यक्ति हो । उहाँ हिँड्डुल गर्न सक्नुहुन्न ।’ उनले भने,‘त्यसैले वडा कार्यालयको समन्वयमा इलाका प्रशासन कार्यालय विनायकले घरमा नै पुगेर नागरिकता प्रदान गरिएको हो ।’

फरक क्षमता भएका रावलकोे बुबाको मृत्यु भएको घरमा आमा मात्रै रहेकाले हालसम्म नागरिकता बन्न नसकेको वडा अध्यक्ष रावलले जानकारी दिए । ‘हामीले फरक क्षमता भएका वा इलाका प्रशासन कार्यालयमा पुग्न नसक्नेका लागि घरमा नै पुगेर नागरिकताको अनुसूची फारम भर्ने गरेको र इलाका प्रशासन कार्यालयका कर्मचारी बोलाएर नागरिकता प्रदान गर्ने गरेका छौँ ।’ उनले भने,‘वडा कार्यालयको समन्वयमा अन्य फरक क्षमता भएका नागरिक तथा इलाका प्रशासन कार्यालयमा पुग्न नसक्नेलाई यसरी नागरिकता वितरण गर्ने लक्ष्य राखेका छौँ ।’

आफ्नो कार्यक्षेत्र भित्रका नागरिकलाई घरमा नै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने गरेको इलाका प्रशासन कार्यालय विनायकका निदेश अधिकारीले जानकारी दिए ।

लामो समयदेखि नेपाली नागरिकता बनाउन प्रयास गरेको आफू पनि घरबाहिर जान नपाउने भएका कारणले नागरिकता बनाउन नसकेको आमा नौरतादेवि रावलले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved