धेरै ठाउँमा आज मौसम बदली, भोलि केही ठाउँमा पानी पर्ने

नेपालभ्युज

धेरै ठाउँमा आज मौसम बदली, भोलि केही ठाउँमा पानी पर्ने

काठमाडौं । देशका धेरै ठाउँको मौसम बदली भएको छ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको हो । मौमस बदली भएपनि सबैजसो ठाउँमा भने पानी पर्ने सम्भावना छैन ।

भोलि विहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । मौसमविद् शान्ति कडेलका अनुसार भोलि यी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ तर तत्कालका लागि जमिन भिज्ने गरी वर्षा हुने सम्भावना भने छैन ।

मौसम बद्ली भइरहे पनि जमिन भिज्ने गरी तत्काललाई पानी नपर्ने उनको भनाई छ । यस्तै, अबको तीन दिन नै उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved