राप्रपाका मन्त्रीलाई रवीन्द्रको चेतावनी- भ्रष्टाचारको ‘भ’ पनि सुन्न नपरोस्

नेपालभ्युज

राप्रपाका मन्त्रीलाई रवीन्द्रको चेतावनी- भ्रष्टाचारको ‘भ’ पनि सुन्न नपरोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट मन्त्री बनेका नेताहरूलाई भ्रष्टाचार नगर्न चेतावनी दिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत पार्टीबाट मन्त्री भएका नेताहरूलाई चेतावनीपूर्ण सन्देश दिँदै उनले कुर्सीले मागेको दायित्व पूरा गर्न आग्रह गरेका छन् ।

‘राप्रपाबाट मन्त्री बन्नुभएका र मन्त्री परिषद्का अन्य सबैलाई धेरैधेरै शुभकामना,’ उनले भनेका छन्, ‘राप्रपाका मन्त्रीहरूले त “भ्रष्टाचार गर्नु आमाको रगत पिए सरह हुनेछ” भनि थप सपथ खानुभएको छ। यी कानले सिधा या घुमाउरो कुनै पनि रूपमा भ्रष्टाचारको भ पनि सुन्न नपरोस्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved