जुम्लामा जिप दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

जुम्लामा जिप दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

सुर्खेत। जुम्ला जिल्ला पातारासी गाउँपालिका वडा-६ उथ्रुनजिकै कोटाभिरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पातारासी गाउँपालिका वडा-१ निवासी ४२ वर्षकी छोजुङ्ग लामाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुम्ला बजारदेखि पातारासीको लासिसम्म जादै गरेको ग.१ ज ४०३५ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यमबहादुर बुढामगरले जानकारी गराए ।

घाइते सबैलाई उपचारका निम्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको उनले भनाइ छ । जीपमा सवारहरूको संख्या पनि यकिन नभए पनि १४ जना घाइते भएको  बुढामगरले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved