सिधुवा बजारमा लागेको आगोले ६ घर जल्यो, दुई घण्टापछि निभाइयो

आगो २ घण्टापछि निभाइएको थियों। त्यतिबेलासम्म आगोले दुई घर पूर्ण क्षति र चारमा आंशिक रुपमा क्षति पुराइसकेको प्रहरीले जनाएको छ । 

नेपालभ्युज

सिधुवा बजारमा लागेको आगोले ६ घर जल्यो, दुई घण्टापछि निभाइयो

काठमाडौं । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा शुक्रबार साँझ भएको आगलागीमा ६ वटा घरमा क्षति पुगेको छ ।

बजारको काउली चोकको सन्तोष राईको घरबाट बेलुकी ७ बजेतिर सुरु भएको आगलागीले बजारका ६ वटा घरमा क्षति पुगेको हो ।

आगो २ घण्टापछि निभाइएको थियों। त्यतिबेलासम्म आगोले दुई घर पूर्ण क्षति र चारमा आंशिक रुपमा क्षति पुराइसकेको प्रहरीले जनाएको छ ।

आगो दुई घण्टापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले निभाएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

आगलागीबाट सन्तोष राई र झमक थापाको घर पूर्णरुपमा क्षति पुगेको छ ।

यसैगरी, होमबहादुर थापा, डिकबहादुर खड्का, अर्जुन घिमिरे र डम्बरबहादुर थापाको घर आंशिक क्षति पुगेको स्थानीयवासी सुन्दर डंगोलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved