बिहीबार सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

  दुई नेताबीच बालकोटमा भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको  र बिहीबार साझेदार दलको बैठक बसेर आवश्यक निर्णय लिइने समझदारी भएको हो ।

नेपालभ्युज

बिहीबार सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल गर्न  बिहीबार सत्ता साझेदार दलको बैठक बस्ने भएको छ ।

बुधबार साँझ  बालकोटमा भएको प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा बिहीबार सत्ता साझेदार दलको बैठक बोलाउने सहमति भएको हो  ।

बालुवाटार स्रोतका अनुसार  दुई नेताबीच ओली निवास बालकोटमा भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको  र बिहीबार साझेदार दलको बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बिहीबार सत्ता साझेदार दलको बैठक बस्ने भए पनि समय भने  तय हुन बाँकी रहेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved