साझाको विद्युतीय बस चढेर राष्ट्रपति भण्डारीको पाटनयात्रा (तस्वीरहरू)

नेपालभ्युज

साझाको विद्युतीय बस चढेर राष्ट्रपति भण्डारीको पाटनयात्रा (तस्वीरहरू)
राष्ट्रपति विद्यादेवी भण्डारी ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानकाे अवलाेकनका लागि शनिबार साझा यातायातको विद्युतीय बस चढेर प्रस्थान गर्दै । तस्वीर : नवीन पाैडेल-रासस

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका पुगेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार दिउँसो शीतल निवासदेखि विद्युतीय बसमा पाटनढोकासम्म यात्रा गरेकी हुन् ।

हाकुपटासी लगाएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरे । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानकाे अवलाेकनका लागि शनिबार साझा यातायातको विद्युतीय बस चढेर प्रस्थान गरी पाटनको अवलोकन गरिन् ।

पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् ।

पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन् ।

काठमाडौंको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्केकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार ललिलपुरस्थित पाटनढोकामा मदन पुस्तकालयकाे अवलाेकन गर्दै 

तस्वीरहरु: नवीन पाैडेल-रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved