प्रतिबन्धका कारण रोनाल्डोले अलनासरको बिहीबारको खेलमा डेब्यु नगर्ने

उनको डेब्यू खेलको लागि समर्थकहरुले प्रतिक्षा गर्नु पर्ने भएको हो। तथापि, रोनाल्डोले स्ट्याण्डबाट आफ्नो टोली खेलेको हेर्ने इच्छा व्यक्त गरेका छन्। अलनासरको रोनाल्डोे जर्सी ५००० भन्दा बढि सङ्ख्यामा बिक्रि भईसकेको छ।

नेपालभ्युज

प्रतिबन्धका कारण रोनाल्डोले अलनासरको बिहीबारको खेलमा डेब्यु नगर्ने

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको प्रतिबन्धका कारण नलनासरसँगको २ खेल गुमाउने भएका छन्। बिहीबार हुने अलनासर र अलताईबीचको खेल रोनाल्डोले प्रतिबन्धका कारण प्रतिबन्धका कारण गुमाउने भएका हुन्। सो खेलको २८ हजार सिट बिक्री भइसकेको छ।

यससँगै अलनासरका समर्थकहरूले आज (बिहीबार) रातिको खेल र आगामी खेलमा रोनाल्डोको अभाव महशुस गर्नेछन्। उनको डेब्यू खेलको लागि समर्थकहरूले प्रतीक्षा गर्नुपर्ने भएको हो। तथापि, रोनाल्डोले स्ट्यान्डबाट आफ्नो टोली खेलेको हेर्ने इच्छा व्यक्त गरेका छन्। अलनासरको ‘रोनाल्डोे’ जर्सी ५००० भन्दा बढी सङ्ख्यामा बिक्री भइसकेको छ।

नोभेम्बर १७ मा रोनाल्डोलाई इङ्ल्यान्ड फुटबल संघले ५० हजार स्टर्लिङ् पाउन्ड जरिवानाको साथै २ खेलमा प्रतिबन्ध लगाएको थियो।गुडिसन पार्कमा एभर्र्टनविरुद्धको खेलमा म्यान्चेस्टर र युनाइटेड पराजित भएसँगै रोनाल्डोले आक्रोशमा जेकोब होर्डिङको फोन फुटाइदिएका थिए। गत महिना रोनाल्डोले आफूले अचेतन अवस्थामा दुर्व्यवहार गरेको स्विकारेको, तर निलम्बनविरुद्ध पहल गर्ने बताएका थिए।

स्वतन्त्र फुटबल संघको प्यानलले रोनाल्डोलाई दोषी पाएको थियो। यससँगै उनलाई दण्डस्वरूप जरिवाना र २ खेलमा निलम्बन गरिएको थियो।निलम्बित भएलगतै युनाइटेडसँग आपसी समझदारीमा रोनाल्डो क्लब छोडेका थिए। यससँगै रोनाल्डो क्लबसँग आबद्ध भएनन्। तर, सोही निलम्बन उनले अलनासरसँग आबद्ध भएलगतै सक्रिय भएको छ।

रोनाल्डो सोमबार बेलुकी आफ्नी प्रेमिका जर्जिना रोड्रिगेज र बच्चाहरूसँग साउदी अरेबिया पुगेका थिए। त्यसपश्चात् रोनाल्डो अलनासरको जर्सी लगाएर गृह मैदानमा २८ हजार समर्थकसामु उपस्थित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved