लुम्बिनी चिनी मिलमा तालाबन्दी

नेपालभ्युज

लुम्बिनी चिनी मिलमा तालाबन्दी

नवलपरासी। उद्योग परिसरमा प्रदूषण बढेर स्थानीयलाई असर गरेको भन्दै पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले तालाबन्दी गरेका छन् ।

प्रदूषण नियन्त्रणमा उद्योगले कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् । खरानी सहितको कालो धूलोको कारण सास्ती खेप्दै आएका स्थानीयहरूले पटक-पटक उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।

उद्योग सञ्चालनका क्रममा इन्धनको रूपमा प्रयोग गरिने भुसबाट कालो धुलोको कणहरू सुनवल क्षेत्रमा फैलने गरेको छ । धुलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै मंगलबार दिउसो स्थानीयहरूको एक समूहले उद्योगमा तालाबन्दी गरी समस्या समाधान नभएसम्म उद्योग नचलाउन चेतावनी दिएको स्थानीय जीवन पौडेलले जानकारी दिए ।

उद्योगका प्रशासन प्रमुख कुश सुवेदस्ले आफूहरुले प्रदूषण नियन्त्रणका लागि उपकरण खरिद प्रक्रिया सुरु गरेको बताउँदै केही दिनभित्रै समस्या समाधान हुने उल्लेख गरे । उद्योगले केही दिनअघिदेखि उखु क्रसिङ्ग सुरु गरेपछि प्रदूषण फैलिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved