निर्वाचन आयोगविरुद्ध बालेनले सर्वोच्च अदालतमा हाले मुद्दा

खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका धेरै उम्मेदवारलाई आयोगले जरिवाना गरेकोमा बालेनले त्यसविरुद्ध सर्वोच्चमा रिट हालेका हुन् । बालेनलाई पनि आयोगले जरिवाना तोकेको थियो ।

नेपालभ्युज

निर्वाचन आयोगविरुद्ध बालेनले सर्वोच्च अदालतमा हाले मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका धेरै उम्मेदवारलाई आयोगले जरिवाना गरेकोमा बालेनले त्यसविरुद्ध सर्वोच्चमा रिट हालेका हुन् । बालेनलाई पनि आयोगले जरिवाना तोकेको थियो ।

तर बालेनले कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दाबी गरेका छन् ।

निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट बुझाएको उनको तर्क छ ।

बालेनलाई आयोगले ७ लाख ५० हजार जरिवाना तिर्न भनेको छ । रिटमा बालेनले ६ महिनाभित्र खर्च विवरण नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी गरेको निर्णय बदरको माग गरेका छन् ।

त्यस्तै यो मुद्दाको किनारा नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेशको पनि माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved