श्रीलाभ सहकारीको सेयर पूँजी तीन करोड बढी

श्रीलाभ सहकारीको सेयर पूँजी तीन करोड बढी

काठमाडौं ।  श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा  तीन करोड ११ लाख ५४ हजार दुई सय सेयर पूँजी पुर्‍याएको छ । संस्थाको आज सम्पन्न ११ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष ओमप्रसाद उप्रेतीले गत आवमा  ३६ लाख २७ हजार सेयर पूँजी वृद्धि गरेको जानकारी दिए ।

संस्थाले  १५ करोड ४५ लाख ६२ हजार ४२ बचत गरी १७ करोड ५० लाख ८८ हजार पाँच सय ६६ ऋण लगानी गरेको छ । गत वर्षको तुलनामा ५२ लाख ९६ हजारले घटेको छ भने ऋण लगानी  ५६ लाख ४० हजारले बढाएको छ ।

सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा  ४७ लाख ५२ हजारले बढेर  २४ करोड ८३ लाख ९२ हजार पुगेको छ । सहकारीका छ सय ७१ शेयर सदस्यमध्ये पाँच सय २९ पुरुष र एक सय ४२ महिला सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई रु १६ लाख ४३ हजार आठ सय ६५ कर बुझाएको छ ।

संस्थाको जगेडा कोषमा रु दुई करोड पाँच लाख जम्मा गरेको छ भने ऋण नोक्सानी कोषमा रु एक करोड ४० लाख जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खूद नाफाको १० प्रतिशत रकम जम्मा गर्दै आएको छ ।

कार्यक्रममा कोषाध्यक्ष छविलाल तिमिल्सिना र लेखा समिति संयोजक जगन्नाथ खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कामनपा–२२ महाबौद्धमा सहकारीले आफ्नै भवन निर्माण गरी गत असार २९ गतेदेखि सेवा शुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षामन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य शर्मिला सुवेदी, जीवनाथ उप्रेती ज्येष्ठ सदस्य कृष्णप्रसाद खरेल र विष्णु कार्कीलाई सम्मान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved