महेश यादव बने जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेता

नेपालभ्युज

महेश यादव बने जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेता

काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ ।

अध्यक्ष डा. सीके राउतले सप्तरी निर्वाचन क्षेत्र नं.२(ख)बाट निर्वाचित यादवलाई दलका नेता र चन्दनकुमार सिंहलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।

संसदीय दलको सचिवमा शम्भु साह र कोषाध्यक्ष भाग्यश्री कुमारी चौधरीले जिम्मेवारी पाएका छन् ।

जनकपुरधाममा पुस ५ गते बसेको जनमत पार्टीको संसदीय दलको बैठकले अध्यक्ष राउतलाई यो जिम्मेवारी प्रदान गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved