दुब्ला मान्छेले मोटाउन केके खाने ?

नेपालभ्युज

दुब्ला मान्छेले मोटाउन केके खाने ?

एजेन्सी । जहाँ आज एकातिर धेरै मानिस मोटोपनको शिकार भइरहेका छन् भने अर्कोतर्फ दुब्लोपनले पनि कतिपय मानिस आहत भइरहेका छन् ।

आज हामी शरीरको वजन आवश्यकता भन्दा कम भएका व्यक्तिका लागि लाभदायक कुरा बताउँदै छौं । वजन कम हुनु पनि एक किसिमको स्वास्थ्य समस्या नै हो ।

यस्ता पाँच खानेकुराले तपाईले आफूले चाहेको जस्तै वजन बढाउन सक्नुहुनेछ । हेरौं ती कस्ता छन् :

१. दुध – दुध बोसो, कैल्शियम र भिटामिनको एकदमै राम्रो स्रोत हो । वजन बढाउन चाहनेका लागि दुध सर्वोत्तम आहार हो, यसलाई केरा वा आँपमा मिसाएर सेक बनाएर पिउन पनि सकिन्छ ।

साथै यसमा किसमिस वा बदाम मिसाएर पिउनु पनि वजन बढाउनलाई सुनमा सुगन्ध हुन्छ ।

२. फलफूल – वजन बढाउनका लागि केरा, आँप, मेवा, खरभुजा, अनार तथा स्याउ पनि एकदमै लाभदायक मानिन्छ । यी सबै फलफूल एनर्जी, भिटामिन, खनिज तथा पोषक तत्वका भण्डार हुन् ।

एक नम्बरमा भनिए जसरी दुधमा मिसाएर यी सबै फलफूलहरु खानाले मोटाउनमा मद्दत गर्छ ।

३. घ्यू, दही तथा पनिर – शरीरको वजनलाई बढाउनमा दुधबाट बनेका यस्ता परिकार पनि एकदमै लाभदायक हुन्छ । यसलाई उचित मात्रामा खाना र नास्तामा प्रयोग गर्नुसक्नुहुनेछ ।

४. ड्राई फ्रुट्स – बदाम, किसमिस, काजु, पिस्ता, मुंगफली जस्ता खानेकुराहरुमा कार्बोहाइड्रेट तथा पोषक तत्वहरु पाइन्छ ।

जसलाई तपाई गोजीमा वा पर्समा राखेर पनि हिँड्नसक्नुहुनेछ । ताकि, कामका समयमा पनि तपाई यी खानेकुरा खान सक्नुहुनेछ ।

५. मासु, माछा तथा अन्डा – यदि तपाई मांसाहारी हुनुहुन्छ भने माछामासु हाम्रो खानामा प्रयोग गर्न सक्नुहुनेछ । यसले मांसपेशी बनाउने काम गर्छ साथै शरीरका कोशिकाहरु बढाउने काम गर्छ ।

तर धेरै मात्रामा मासु खाँदा शरीरमा खराब कोलेस्ट्रोल बढ्न पनि सक्छ । त्यसैले यस्ता चीजहरु सही मात्रामा मात्र प्रयोग गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved