जाडोमा गुडको चिया फाइदाजनक, यस्तो छ बनाउने तरिका

नेपालभ्युज

जाडोमा गुडको चिया फाइदाजनक, यस्तो छ बनाउने तरिका

एजेन्सी। जाडोमा शरीरलाई न्यानो  राख्न तातो खानेकुराहरू खानुपर्छ । हामी जाडो मौसम होस् या गर्मी, चिया सधै पिउँछौं। तर, कस्तो चियाले कस्तो फाइदा वा असर गर्छ भन्ने कुरा जान्न जरुरी छ।

जाडोमा गुडको चिया एकदमै फाइदाजनक हुन्छ । यदि, तपाईंलाई रुघाखोकी, घाँटी दुख्ने जस्तो समस्याहरू भइरहन्छ भने त गुडको चिया झनै पिउनु पर्छ । तर एउटै समस्या छ दुध राखेर गुडको चिया बनाउँदा फाट्ने गर्छ । यसलाई पनि बनाउने तरिका हुन्छ जसलाई अपनाएर बनाउनुभयो भने चिया फाट्ने छैन ।

जानौं गुडको चिया बनाउने विधि (तीन जनाका लागि)

सामग्री : पानी एक ठूलो कप, दूध एक ठूलो कप, चियापत्ती दुई चम्चा, अदुवा सानो टुक्रा, गुड ४ चम्चा, सुकमेल २ वटा ।

बनाउने विधि 

  • गुडको चिया बनाउनका लागि सबभन्दा पहिले दूधलाई तताउने । त्यसपछि चिया बनाउने भाँडोमा पानी तताउन राख्ने ।
  • दूध उम्लिएपछि ग्यास बन्द गर्ने र पानी उम्लिसकेपछि त्यसमा अदुवा, सुकमेल र गुड राखेर चलाउने । गुड नपग्लीएसम्म उमाल्ने र उम्लिएपछि चियापत्ती राख्ने । चियापत्ती राखेपछि हल्का आगोमा उमाल्ने ।
  • त्यसपछि यसमा तातिएको दुध राखेर मध्यम आगोमा एकछिन पकाउने ।
  • एकपटक उम्लिएपछि ग्यास बन्द गर्ने, तयार भयो तपाईको गुड राखेको दुधको चिया ।

गुडको चिया बनाउनका लागि चिसो होइन तातो दूध मात्र राख्नुपर्छ । चिसो दूध राख्दा फाट्न सक्छ । यसरी गुडको चिया पिउनुभयो भने तपाईंलाई चिसोमा धेरै फाइदा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved