सपनामा रुनु शुभ कि अशुभ ?

नेपालभ्युज

सपनामा रुनु शुभ कि अशुभ ?

एजेन्सी । स्वप्नशास्त्रका अनुसार हरेक व्यक्ति सुतिसकेपछि कुनै न कुनै प्रकारको सपना अवश्य देख्ने गर्छन् । कसैले त्यो सपना सम्झिन्छन् त कसैले सम्झिदैनन् ।

स्वप्नशास्त्रका अनुसार सपनाको केही न केही अर्थ हुन्छ । उक्त सपनाको सम्बन्ध तपाईंको भूत, भविष्य अथवा वर्तमानसँग हुन सक्छ ।

यस्तै सपनामा कहिलेकाँही हामी अरु कोही रोएको वा आफै रोएको देखिरहेका हुन्छौं । तर के वास्तवमा यसको अर्थ थाहा पाउनुभएको छ ?

शास्त्रका अनुसार सपनामा रुनुको शुभ अथवा अशुभ अर्थ हुने गर्छ ।

तपाईंले सपनामा आफूलाई एक्लै रोएको देख्नुहुन्छ भने त्यो राम्रो मानिन्छ । यस्तो सपनाको अर्थ हुन्छ तपाईंको जीवनमा कुनै ठूलो परिवर्तन आउँदैछ जसले तपाईंका लागि खुशी लिएर आउनेछ ।

यदि तपाईं आफूलाई आफ्नो बुवाआमासँग रोएको देख्नुहुन्छ भने पनि यो राम्रो सपना मानिन्छ । यसको अर्थ हुन्छ तपाईंको परिवारमा कोही नयाँ सदस्य थपिने वा धनसम्पत्ति जोडिने सम्भावना हुन्छ ।

यदि सपनामा कुनै बच्चा रोइरहेको देख्नुहुन्छ भने यसको अर्थ तपाईंको जीवनमा छिट्टै कुनै समस्या आउन लागिरहेको छ । यस्तोबेला तपाईंको आर्थिक हानीनोक्सानी हुने खतरा हुन सक्छ ।

यदि सपनामा कुनै पनि अन्य व्यक्ति रोएको देख्नुहुन्छ भने त्यो पनि राम्रै हुन्छ । यसको अर्थ हुन्छ लामो समयदेखि तपाईं कुनै समस्यालाई लिएर तनावमा हुनुहुन्छ भने त्यसबाट छिट्टै छुट्कारा पाउनु हुनेछ ।

समग्रमा सपनामा रुनु वा कसैलाई रोएको देख्नु शुभ नै मानिन्छ । अन्य शास्त्रले जे जस्तो भनेपनि स्वप्नशास्त्रले भने यस्तै कुरामा विश्वास गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved