पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै वायुसेवा कम्पनी उत्साहित

वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन् । कम्पनीहरूले नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको बताएका छन्।

नेपालभ्युज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै वायुसेवा कम्पनी उत्साहित
??????????? ????? ????????? ??????????????? ?????????? ??????? ?????? ?????÷ ????

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित भएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार (जनवरी १ तरिख) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरू उत्साहित देखिएका हुन्।

वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन् । कम्पनीहरूले नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको बताएका छन्।

वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको आवश्यक सबै सेवासुविधाहरू रहेको भन्दै आन्तरिक उडान गर्ने यात्रुहरुले समेत अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने भएको बताए।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउँदा एयरलाइन्स उत्साहित रहेको बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक सबै सेवासुविधाहरु रहेको पनि बताए। उनले आन्तरिक रूपमा उडान गर्ने यात्रुहरूले अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने बताए।

प्रवक्ता बर्तौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउँदा उडान रद्ध हुने समस्या हट्ने बताए। उनले विमानस्थल सञ्चालनमा आएपछि पोखरामा मात्रै नभई नेपालको पर्यटनमा कोषे ढुङ्गा साबित हुने दाबी गरे।

त्यस्तै,बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुचारु हुँदा उत्साहित भएको बताए। उनले बुद्धले पोखराबाट गर्ने सम्पूर्ण उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने सम्पूर्ण तयारी गरेको बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पोखरा विमानस्थलबाट रात्रिकालीन उडान गर्न मिल्ने हुँदा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा फेब्रुअरीको तेस्रो सातादेखि बुद्ध एयरले उडान भर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved