वास्तु मान्नुहुन्छ भने यो समयमा झाडु नलगाउनुहोस्

नेपालभ्युज

वास्तु मान्नुहुन्छ भने यो समयमा झाडु नलगाउनुहोस्

एनेन्सी । घरमा सरसफाईको धेरै महत्व हुन्छ तर समयलाई हेर्दा वास्तुअनुसार घरमा झाडु वा कुचो लगाउने पनि उपयुक्त समय हुन्छ । वास्तुमा यसको ठूलो महत्व छ ।

आज हामी तपाईंलाई घर सफा गर्ने सही समय बताउनेछौं ।

सरसफाई गर्नु राम्रो हो तर वास्तुशास्त्रमा यसको लागि केही समय पहिले नै तोकिएको छ । जसरी सरसफाईको समय तोकिएको छ, त्यसैगरी सरसफाई नगर्नका पनि समय दिइएको छ ।

वास्तुशास्त्र अनुसार दिनको पहिलो प्रहर घरमा झाडु लगाउनु उपयुक्त समय मानिन्छ । जबकि रातको प्रहरमा यो काम अनुपयुक्त मानिन्छ ।

रातिमा झाडु लगाउनाले घरमा गरिबी फैलिने र धनकी देवी लक्ष्मी क्रोधित हुन्छिन् भन्ने मान्यता रहेको छ । जसका कारण घरमा धन आवागमन प्रभावित हुने वास्तुशास्त्रमा उल्लेख छ ।

त्यसैले यदी तपाई वास्तुशास्त्रलाई मान्नुहुन्छ भने घरमा साँझ वा रातिमा झाडु नलगाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved