बाग्लुङ केन्द्र बनाएर लगातार तीनवटा भूकम्प, तीव्रता ४ देखि ५.३ म्याग्निच्युटसम्म

नेपालभ्युज

बाग्लुङ केन्द्र बनाएर लगातार तीनवटा भूकम्प, तीव्रता ४ देखि ५.३ म्याग्निच्युटसम्म

काठमाडौं । बागलुङ केन्द्र बनाएर तीनवटा भूकम्प गएका छन् । ति मध्ये एउटा भूकम्प ठुलो थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर सात मिनेटमा ५.३ म्याग्निच्युटको भूकम्प गएको छ । यसको केन्द्र बुर्तिबाङ नजिकैको खुगा भन्ने स्थानमा रहेको केन्द्रले जनाएको छ ।

त्यसअघि राति १ बजेर २३ मिनेटमा बाग्लुङमै ४.७ म्याग्निच्युटको भूकम्प गएको थियो । यो भूकम्पको केन्द्र खुगा र खुङखानी नजिकै रहेको केन्द्रको विवरणमा उल्लेख छ ।

विहान बागलुङकै निसी नजिक केन्द्र बनाएर विहान ३ बजेर २८ मिनेटमा अर्को भूकम्प गएको छ । यसको तीव्रता ४ म्याग्निच्युटको थियो । तीनवटै भूकम्पको केन्द्र आसपास नै देखिएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लाहरु प्यूठान,गुल्मी, म्याग्दी, रुकुम लगायतका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पबाट हालसम्म कुनै क्षति भएको खबर प्राप्त भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved