३१ महिनादेखि बन्द नाका प्रचण्ड प्रधानमन्त्री हुनासाथ चीनले खोल्यो

५० लाख ७० हजार रुपैयाँ बराबरको सामान निर्यात

३१ महिनादेखि बन्द रहेको रसुवागढी नाका चीनले मंगलबारदेखि खुला गरेको छ। कोरोना महामारी सुरु भएयता बन्द सो नाका नेपाली वस्तु निर्यात गर्न सक्ने गरी खुला भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

नेपालभ्युज

३१ महिनादेखि बन्द नाका प्रचण्ड प्रधानमन्त्री हुनासाथ चीनले खोल्यो

काठमाडौं। ३१ महिनादेखि बन्द रहेको रसुवागढी नाका चीनले मंगलबारदेखि खुला गरेको छ। कोरोना महामारी सुरु भएयता बन्द सो नाका नेपाली वस्तु निर्यात गर्न सक्ने गरी खुला भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

चैत २०७६ मा नेपाल सरकारले कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै नेपाल भित्रिने सबै नाका सिल गरेको थियो। त्यसयता सो नाकाबाट नेपाली वस्तु निर्यात ठप्प थियो। भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार मंगलबार नेपालबाट ६ वटा ट्रकमा नेपाली वस्तु चीनतर्फ निर्यात भएका छन्।

उनले भने ‘‘आजबाट नाका खुलेको छ। नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको बाँसको मुढा, तामाका भाँडालगायतका वस्तु निर्यात भएको छ।’’

नेपालबाट पठाइएको सामान ल्हासासम्म पुग्ने व्यपारीहरूले बताएका छन्। सोमबार मात्रै ल्हसास्थित नेपाली महावाणिज्य दूतावासलाई चिनियाँ अधिकारीले नाकाबाट नेपाली वस्तु आयात खोल्ने जानकारी गराएका थिए।

सिन्धुपाल्चोकको तातोपानी नाका भने अझै बन्द छ। नेपाली वस्तु निर्यात गर्नेबारे चिनियाँ पक्षले कुनै औपचारिक जानकारी नगराएको भन्सार अधिकृतहरूले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved