गृहमन्त्री लामिछानेको नागरिकता छानबिनको माग गर्दै शीतलनिवास अगाडि प्रदर्शन

नेपालभ्युज

गृहमन्त्री लामिछानेको नागरिकता छानबिनको माग गर्दै शीतलनिवास अगाडि प्रदर्शन

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरिएको  छ ।

गृहमन्त्रीमा नियुक्त भएका लामिछानेको नागरिकता छानबिनको माग गर्दै सोमबार नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ३ जनालाई  महानगरीय प्रहरी वृत्त महाराजञ्जमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved