राम्रो सम्बन्धका हुन्छन् पाँच संकेत, के तपाईंमा छन् ?

नेपालभ्युज

राम्रो सम्बन्धका हुन्छन् पाँच संकेत, के तपाईंमा छन् ?

एजेन्सी। हामी सम्बन्धमा त बाँधिन्छौं, तर हामीलाई थाहा हुँदैन त्यो सम्बन्ध हाम्रा लागि ठीक छ कि छैन । विवाहपछि सम्बन्ध बिग्रिनुको एउटा कारण एक-अर्कालाई पहिलेदेखि नबुझ्नु पनि हो । दुई व्यक्तिबीचको सम्बन्धको गहिराइ केही खास लक्षणहरूबाट थाहा पाउन सकिन्छ । यस्ता लक्षणहरूबाट थाहा हुन्छ तपाईंको सम्बन्ध राम्रो हो कि होइन भनेर ।

इज्जत दिनु

श्रीमानश्रीमती होस् वा पे्रमीपे्रमीका हरेक सम्बन्धमा एकअर्का प्रति इज्जत हुन जरुरी छ । यदी तपाईं कुनै सम्बन्धमा हुनुहुन्छ र एकअर्कालाई सम्मान गर्नुहुन्छ भने तपाईंको सम्बन्ध स्वस्थकर छ भनेर बुझिन्छ । जति धेरै तपाईं आफ्नो साथीलाई सम्मान गर्नुहुन्छ त्यति नै सम्मान आफूले पनि पाउनुहुनेछ ।

 विश्वास गर्नु

कुनै पनि सम्बन्धलाई बलियो बनाउनका लागि एक-अर्काप्रति विश्वास गर्न जरुरी हुन्छ । आर्थिक, पारिवारिक तथा अन्य निर्णयहरू गर्दा एक-अर्का प्रति विश्वास छ भने त्यो सम्बन्ध एकदमै राम्रो मानिन्छ । एकअर्काप्रति विश्वास भयो भने कुनै पनि जरुरी निर्णय लिँदा एक्लैले पनि गर्न सकिन्छ ।

साथ दिनु

कुनै पनि राम्रो सम्बन्धको लक्षण हो, जोडीले एकअर्काको साथ कत्तिको निभाउँछन् । राम्रो समयमा साथ दिने धेरै मान्छे हुन्छन् । तर, अप्ठेरो समयमा पनि साथ दिन सक्ने क्षमता तपाईंको साथीमा छ भने त्यो एकदमै सुन्दर सम्बन्ध छ भनेर बुझ्नुपर्छ ।

मिलेर निर्णय लिनु

कुनै पनि विषयमा एक-अर्काको विचार बुझेर निर्णय गर्दा सहमतिमा आउनु नै राम्रो सम्बन्धको उदाहरण हो । साथै, कुनै एकले गर्न लागेको काम वा अन्य कुरामा आफ्नो साथीको पनि सहमति लिनुले जोडीबीचको राम्रो सम्बन्धलाई दर्शाउँछ ।

एक-अर्काको साथ मन पर्नु

कैयौं व्यक्तिहरुलाई आफ्नो पार्टनरसँग समय बिताउन राम्रो लाग्दैन । तर, यसको कारण थाहा पाउन जरुरी छ । रोजाई फरक फरक हुन सक्छ तर मतभिन्नता हुन हुँदैन । यदी तपाईंलाई एकअर्काको साथ मन परिरहेको छ भने तपाईंको सम्बन्ध प्रगाढ छ ।

यी पाँच लक्षणले नै भन्न सकिन्छ तपाईंको सम्बन्ध राम्रो छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved