के तपाईंको बच्चा तपाईंसँग कम बोल्छ, बुझौं के हुन सक्छ कारण

नेपालभ्युज

के तपाईंको बच्चा तपाईंसँग कम बोल्छ, बुझौं के हुन सक्छ कारण

एजेन्सी । बच्चाको स्वास्थ्यका साथै उनीहरुलाई कस्तो वातावरणमा हुर्काउने भन्ने पनि महत्वपूर्ण विषय हो । राम्रो वृद्धि विकासको सहायताले मात्र बच्चाले जीवनमा राम्रो लक्ष्य प्राप्त गर्न सक्छ ।

कतिपय बच्चा आफ्ना कुरा बाबाआमासँग भन्न  हिच्किचाउँछन् । सोंच्नुपर्ने हुन्छ किन तपाईंको बच्चा तपाईंसँग धेरै बोल्न मन गर्दैन ? यसको पछाडि धेरै कारण हुन सक्छन् ती मध्ये केही निम्न प्रकारका छन् ।

यदि बच्चालाई हरेक सानो सानो कुरामा गाली गर्नुहुन्छ भने उनीहरुले तपाईं प्रति नकारात्मक भावना राख्छन् । यस्तो अवस्थामा बच्चा आमाबाबासँग बोल्न पनि डराउँछन् ।

तपाईं आफ्नो बच्चाले जे पनि भनेको मानोस् भन्ने चाहनुहुन्छ । जसका लागि तपाईं उसलाई गाली गर्ने धम्काउने गर्नुहुन्छ जसले गर्दा उनीहरुमा तपाईंप्रति नकारात्मक भावनाको विकास हुन्छ ।

आफ्नो बच्चालाई समय दिन जरुरी छ । यस्तो गर्नुभएन भने सुस्त सुस्त तपाईं बच्चा तपाईंसँग बोल्न छोड्छ । बच्चाले दिनभर धेरै नयाँ कुरा सिकिराखेका तथा सुनिराखेका हुन्छन् जो उनीहरु सुनाउन चाहन्छन् त्यतिबेला तपाईं उनीहरुसँग हुनुभएन भने बच्चा टाढा हुँदै जान्छन् ।

कयौं आमाबाबाले आफ्नो रोजाईअनुसार बच्चाको विषयमा निर्णय लिने गर्दछन् । तर उनीहरुले बच्चाको विचार बुझ्न बिर्सन्छन् । उनीहरुको इच्छालाई पनि मध्यनजर गर्दै निर्णय लिँदा बच्चा खुशी हुन्छन् र तपाईंप्रति सकारात्मक हुन्छन् ।

बच्चा जहिले नयाँ कुरा सिक्न उत्सुक हुन्छन् । उनीहरुलाई कुनै कुरा पनि नयाँ लाग्छ र त्यसको बारेमा सोध्ने गर्दछन् । उनीहरुले जस्तोसुकै प्रश्न गरे पनि तपाईंले त्यसको जवाफ दिनुपर्ने हुन्छ । तपाईंलाई त्यो प्रश्न बेकारको लागे पनि उनीहरुका लागि नयाँ हुन्छ त्यसैले उनीहरुले सोध्ने कुरामा बेवास्ता नगर्नुहोस् ।

यस्तो खालको व्यवहारमा तपाईंले परिवर्तन ल्याउनुभयो भने तपाईंको बच्चा नजिक हुन्छ र उसले सबै कुरा तपाईंलाई भन्न थाल्छ । उसको शारीरिक तथा मानसिक विकास पनि सकारात्मक वातावरणमा हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved