कांग्रेस वागमती दलको नेतामा सहमति जुटेन, १३ पुसमा चुनाव

नेपालभ्युज

कांग्रेस वागमती दलको नेतामा सहमति जुटेन, १३ पुसमा चुनाव

हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलको नेतामा सहमति नजुटेपछि  १३ पुसमा निर्वाचन हुने भएको छ ।   नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै पुस १३ गते हेटौँडामा निर्वाचन हुने जानकारी गराएको हो ।

निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै प्रदेश कार्यालय हेटौँडामा निर्वाचन हुने जानकारी दिएका हुन् ।

पुस १२ गते मतदाता नामावली प्रकाशन, सोही दिन दिउँसो ४ बजे अन्तिम नमावली प्रकाशन, पुस १३ गते बिहान १० बजे उम्मेदवारको नामावली प्रकाशन तथा सोही दिन दिउँसो २ बजेबाट ३ बजेसम्म मतदान कार्यक्रम तय गरिएको निर्वाचन कार्यक्रममा उल्लेख गरिएको  छ । परिणाम पनि १३ गते मतदान पश्चात गरिने निर्वाचन समितिले जनाएको छ ।

वागमती प्रदेश संसदीय दलको नेतामा  बहादुर लामा तथा इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने करिब निश्चित देखिएको छ । मकवानपुरबाट निर्वाचित बानियाँ र नुवाकोटबाट निर्वाचित लामा दुवैजना कांग्रेसको संस्थापन पक्षका नेता हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved