मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न आवश्यक छ : मन्त्री बडू

मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न आवश्यक छ : मन्त्री बडू
फाइल तस्वीर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् । जापानको श्रमिक सङ्गठन जिलाफले नेपाल ट्रेड युनियन कांग्रेससँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘औद्योगिक सम्बन्ध सम्मेलन’मा उनले मुलुकभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए ।

‘उद्योग र श्रमिकका समस्या तथा कानुन कहाँकहाँ छन्, त्यसलाई पहिचान गरेर समाधानतर्फ सरकार लाग्नेछ’, उनले भने । उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको उल्लेख गरे । सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गरिरहेको उनको भनाइ थियो । मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कममात्रामा आएको भन्दै चिन्ता व्यक्त गरे ।

नेपालको ट्रेड युनियन आन्दोलनमा लामो समय सहयोग पुर्‍याउँदै आएको जिलाफको सहयोगमा नेपालको नौ जिल्लामा विपन्न श्रमिकका बच्चालाई पढ्नका लागि विद्यालय निर्माण गरिदिनुका साथै शैक्षिक सामग्री सहयोग गर्दै आएको छ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेकपा (एमाले) निकट श्रम सङ्गठन (जिफन्ट) र नेकपा (माओवादी केन्द्र) निकट श्रम सङ्गठन आन्टुपकोसमेत सहभागिता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved