नेप्से परिसूचक ५.८९ अंकले गिरावट

नेपालभ्युज

काठमाडाैं। साताको दुई दिन लगाताररूपमा बढेको नेप्से बुधबार सामान्य अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबारको कारोबारमा ९३ करोड भन्दा बढीको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये बैंकिङ उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। जसमा बैंकिङ उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ। त्यस्तै, ‍वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधवार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। बुधवार एनआइसी एसिया बैंकले ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved