शिवम् सिमेन्ट ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ बाट सम्मानित

नेपालभ्युज

शिवम् सिमेन्ट ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ बाट सम्मानित

काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडल (बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२) अवार्ड प्राप्त गरेको छ । शिवम सिमेन्ट्स लिमिटेडलाई न्यु बिजनेस एज प्रालिले सातौं न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्डअन्तर्गत मंसिर २६ गते सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरूमध्ये शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ प्राप्त गर्न सफल भएको छ ।

यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलोपटक एन.एस क्वालिटी अवार्ड-२०१९ प्रथमबाट सम्मानित भइसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला-ठूला परियोजनाहरूमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

कम्पनीको एक सबल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी सेयरहोलल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक-पटक विभिन्न तवरबाट सम्मानित हुदै आइरहेको छ ।नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI), URS प्रमाणित ISO Certificates प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

 

Nabil Bank


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved