नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा अध्यादेश ल्याइनु संसद्को अवमूल्यन : विवेकशील साझा पार्टी

नेपालभ्युज

नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा अध्यादेश ल्याइनु संसद्को अवमूल्यन : विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टीले नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा अध्यादेश ल्याइनु संसद्को अवमूल्यन भएको बताएको छ ।

पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार बन्ने प्रक्रियाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र संसद्को समेत अवमूल्यन हो । सरकारको यो कदम संवैधानिक, कानूनी, नैतिकता, समय र अभ्यास सबै हिसाबले घोर आपत्तिजनक छ ।’

सरकारको यो कदमले कानूनी शासनको धज्जी उडाएकाे टिप्पणी गर्दै उसले भनेकाे छ, ‘यो लोकतन्त्रलाई अझ कमजोर बनाउने प्रपञ्च हो ।’

विवेकशील साझाले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी सत्ता सोैदाबाजीका लागि अध्यादेश ल्याइएको र त्यसले विधिको शासनलाई लत्याउँदै प्रणालीमै प्रहार गर्ने ठहर गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved